Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विद्यालाई धन्यवाद दिंदै प्रधानमन्त्रीले भने– कालेको मिलनको दृश्यले आँसु आयो, प्रकाशलाई भेट्न चाहन्छु

विद्यालाई धन्यवाद दिंदै प्रधानमन्त्रीले भने– कालेको मिलनको दृश्यले आँसु आयो, प्रकाशलाई भेट्न चाहन्छु

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाकी सञ्चालिका विद्या चापागाईलाई धन्यवाद दिएका छन् ।

चापागाईको हेर्ने कथा नामक कार्यक्रमको पछिल्लो प्रस्तुती ‘हराएका वर्षहरू’ हेरेर प्रधानमन्त्री ओलीले उनलाई धन्यवाद दिएका हुन् ।

युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका बेला प्रधानमन्त्री ओलीले पनि यसबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भिडियोमा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमार्फत प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् ।

उक्त भिडिओ सेयर गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’

उनले भनेका छन्–सोचें–यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली 'स्टोरी टेलर' हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077