Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संसदमै प्रचण्डले दिए सडकसम्म उत्रिनसक्ने चेतावनी

संसदमै प्रचण्डले दिए सडकसम्म उत्रिनसक्ने चेतावनी

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताए ।

उनले भने–‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवामा अग्रसर छ । त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु ।’

उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए ।

बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरी अनुसन्धान रोक्न खाजेको आरोप पनि लगाएका छन् ।

शरणार्थी प्रकरण अनुसन्धान निस्तेज पार्न सरकारनै लागि परेको उनको आरोप छ । उनले भने–‘भुटानी शरणार्थी काण्डको अनुसन्धानमा भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर ।’

आफ्नो पालाको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिरलगायतका थुप्रै काण्डको सफल छानबिन गरेको बताउँदै उनले भने–‘नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरूलाई जोगाउन सरकार जे गर्दै छ, त्यो खतरनाक छ । कांग्रेस–एमालेका साथीहरूलाई यो रोष्टमबाटै मेरो अनुरोध छ, नक्कली शरणार्थी काण्डमा तपाईंहरूले एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन ।’

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको छानविन रोकेर अन्तर्राष्ट्रियस्तरमै बदनाम भएको उनको दावी थियो ।

बैठकमा अध्यक्ष दाहालले भने–‘अन्तराष्ट्रिय जगतमै नेपालको कानूनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो बनाएको छ । यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईंहरू ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077