Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस एमालेलाई प्रचण्डको आग्रह–अब प्रचण्डजी भनेर फकाउन नखोजे हुन्छ

कांग्रेस एमालेलाई प्रचण्डको आग्रह–अब प्रचण्डजी भनेर फकाउन नखोजे हुन्छ

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने–‘माओवादी अब सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’

माओवादी भनेको आन्दोलन भएको बताउँदै उनले भने–‘यस बिचमा केही कमजोरी भयो । त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भए ।’

माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने दावी गरेका उनले भने–‘पहिला पनि बनाएको र अहिले पनि बनाइन्छ ।’

एमाले र कांग्रेसलाई अबको चुनावसम्म मिलिराख्न आग्रह गरेका उनले त्यस बिचमा आफूलाई प्रचण्डजी भनेर फकाउन नआउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077