Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

दुई दिनदेखि बेपत्ता स्पेनी नगरिकको शव अन्नपूर्णको मौजा खोलामा भेटियो, एक बेपत्ता

दुई दिनदेखि बेपत्ता स्पेनी नगरिकको शव अन्नपूर्णको मौजा खोलामा भेटियो, एक बेपत्ता

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । दुई दिनदेखि कास्कीको अन्नपूर्णबाट वेपत्ता भएका दुई स्पेनी नागरिकमध्ये एक जनाको शब फेला परेको छ । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव आज फेला परेको हो ।

एक जना महिला भने अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना त्यसपछि बेपत्ता भएका थिए ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि आफूहरुलाई खबर गरेको वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।

घटनालगत्तै वीरेठाँटीस्थित प्रहरी चौकीमा खबर गरिएको र खोजी थालिएको थालिएको थियो । । झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो । घोरेपानी हिँडेका स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) भएको पत्ता लागेसँगै उनको थप विवरण र खोजी कार्य थालिएको थियो ।

वीरेठाँटीबाट ट्रेकिङ रुट हुँदै उनीहरु घोरेपानी जान हिँडेको खुलेपनि लगातार २ दिनसम्म उनीहरु फेला नपरेपछि मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजि थालेको थियो । जहाँ आज एक जना पुरुषको शव परेको हो ।

सो दिनको मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने कास्की प्रहरीको अनुमान छ । उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको हो ।

शवलाई पोस्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ भने बेपत्ता महिलाको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077