Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैध रूपमा अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक ७६ जना नेपाली अलपत्र परेका छन् ।

मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्‍याएर अलपत्र पारेका हुन् ।

उनीहरूलाई आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण अमेरिकाका ब्राजिल लगायतका देश हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी देशमा आउने प्रवृत्ति बढिरहेको भन्दै दूतावासले प्रवेशआज्ञा लिएर मात्र भ्रमणमा निस्कन आग्रह गरेको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077