Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

स्वदेश फर्किए ओमानका विदेश मन्त्री हमूद अल्बुसैदी

स्वदेश फर्किए ओमानका विदेश मन्त्री हमूद अल्बुसैदी

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरेकी हुन् ।

उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आइपुगेका थिए। भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077