Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मुस्ताङमा पुनः हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङमा पुनः हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो ।

मङ्गलबार साँझ करिब ६ बजेको समयमा हिमपहिरो गएको बताइएको छ । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिले खसेको पहिरोको केही थुप्रो खसेको हो ।

यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो । रातको समय भएकाले ८–९ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077