Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एकीकृत समाजवादी चुनाव : पदाधिकारीमा को-को भए निर्वाचित ?

एकीकृत समाजवादी चुनाव : पदाधिकारीमा को-को भए निर्वाचित ?

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारीका लागि भएको निर्वाचनको मत गणना सकिएको छ । मंगलबार १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भएको चुनावको मत गणना सकिएको हो ।

सार्वजनिक मतपरिणाम अनुसार महिला उपाध्यक्षतर्फ जयन्ती राई १८९ मत ल्याएर निर्वाचित भएकी छन् । यसैगरी, मधेसीतर्फ धर्मनाथ साहले १६४, खुला उपाध्यक्षमा डा। गंगालाल तुलाधरले १८९, भानुभक्त जोशीले १५६, प्रकाश ज्वालाले १३९ र जगन्नथा खतिवडाले १५१ मत पाए ।

उपमहासिवमा रामकुमार भट्टराईले १०७ मत, मेटमणि चौधरीले १५८, राजेन्द्र राईले १०६ र गरिमा शाहले १०५ मत पाएर निर्वाचित भए ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे भने वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077