Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

'हराएका वर्षहरू'का प्रकाशले पाउने भए नागरिकता, प्रधानमन्त्रीस्तरबाटै पहल‍ !

'हराएका वर्षहरू'का प्रकाशले पाउने भए नागरिकता, प्रधानमन्त्रीस्तरबाटै पहल‍ !

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'हेर्ने कथा'बाट सार्वजनिक भएका पात्र भोजपुरका प्रकाश तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका छन् ।

गएराति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रधानमन्त्री ओलीले तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका हुन् ।

गृहसचिव अर्यालले प्रकाशलाई दुई/चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने बताएको प्रधानमन्त्री ओलीले बताएका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले नागरिकता बनेपछि बैंक खाता खोल्न र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने बताएका छन् ।

'हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत् प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो,' ओलीले लेखेका छन्, 'नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ।'

भिडियो कथा प्रस्तुत गर्ने ‘हेर्ने कथा’ टिमले गएको शनिबार आफ्नो युट्युब च्यानलमा‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाशको कथा प्रस्तुत गरेको थियो । ३५ वर्ष घरबार–ठेगानाविहीन भएका प्रकाश 'हेर्ने कथा' टिमको सक्रियतामा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077