Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

बुधवार , भाद्र १२, २०८१

काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो ।

उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077