Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

दोरम्बा पहिरो : मृतकको संख्या ८ पुग्यो, दुईजना अझै बेपत्ता

दोरम्बा पहिरो : मृतकको संख्या ८ पुग्यो, दुईजना अझै बेपत्ता

बुधवार , भाद्र १२, २०८१

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कमा गत आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ।

बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतकको संख्या आठ पुगेको हो।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा मंगलबार दिउँसो स्थानीय २३ वर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बिन्दाको शव उनको परिवारले बुझेको छ। उनको शरीरको तल्लो भाग मात्र भेटिएकाले उनका श्रीमानले आफ्नै श्रीमतीको शव भएको भनेर बुझेको बताइएको छ ।

यस्तै आज बिहान पनि एक जनाको खुट्टामात्रै भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा काले पहरी र झ्याउँकुरी पहरी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077