Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

देशभरका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

देशभरका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

बुधवार , भाद्र १२, २०८१

काठमाडौं। गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।

अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए। राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नुपर्ने बताए।

गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरे।

गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077