Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर परिसर काठमाडौंले आज कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरेको हो ।

ठगुन्ना पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ । यसअघि मंगलबार साँझ सुर्खेतका बुसद्धराम जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुरका अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गत सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077