Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

निगमका तीनवटा जहाज 'ग्राउन्डेड', एकैदिन गुम्यो एक करोड रुपैयाँ !

निगमका तीनवटा जहाज 'ग्राउन्डेड', एकैदिन गुम्यो एक करोड रुपैयाँ !

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ग्राउन्डेड छन् । जस कारण दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन् ।

निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन् ।

निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन् ।

उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमेको निगमले जनाएको छ ।

चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077