Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरीका चार डीआईजीको सरुवा [सूचीसहित]

सशस्त्र प्रहरीका चार डीआईजीको सरुवा [सूचीसहित]

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलका चारजना नायब महानिरीक्षक (डीआईजी) सरुवा भएको छ ।

गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । सशस्त्र प्रहरीको प्रधान कार्यालयका अनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

यस्तै अर्का डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको हो ।

प्रदीप कुमार पाललाई बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही पठाइएको छ । यसैगरी सुरेश कुमार श्रेष्ठलाई महेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077