Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

बुधवार , भाद्र १२, २०८१

जुम्ला । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

जिल्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।

सोही गाउँपालिका–७, रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७, रिनीका २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको थियो । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077