Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजाको सुरुङबाट बन्धकको उद्धार

गाजाको सुरुङबाट बन्धकको उद्धार

बिहिवार , भाद्र १३, २०८१

एजेन्सी । हमासको आक्रमणको क्रममा पक्राउ परेका एक बन्धकलाई मंगलबार गाजास्थित एक सुरुङबाट उद्धार गरिएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार गाजा युद्धविराम र बन्धक मुक्तिको सम्झौता सुरक्षित गर्ने उद्देश्यले कतारमा वार्ता जारी रहेको छ तर, इजरायल र हमास कसैले पनि सहभागिताको निरन्तरता पुष्टि गरेका छैनन् ।

इजरायली सेनाले ५२ वर्षीय काइद फरहान अल्कादीलाई दक्षिणी गाजाको एउटा सुरुङबाट एक्लै रहेको अवस्थामा फेला पारी उद्धार गरेको जनाएको छ ।

गत अक्टोबरमा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा अपहरणमा परेका २५१ जना मध्ये उनी एक हुन् । बन्धकमध्ये १०४ जना अझै पनि गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077