Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

काठमाडौंका १२ जना नगर प्रहरीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौंका १२ जना नगर प्रहरीले लगाए दर्ज्यानी चिन्ह

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उनीहरुलाई आज प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।

तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077