Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

श्रीकेश तेल उत्पादक कम्पनीलाई दुई लाख जरिवाना

श्रीकेश तेल उत्पादक कम्पनीलाई दुई लाख जरिवाना

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं महानगरले सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको महानगरले जनाएको छ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो ।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधिको कागजात प्राप्त हुन सकेको थिएन।

महानगरको अनुगमनमा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेखसमेत नपाइएको हो ।

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) को प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको महानगरको भनाइ छ।

सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको पाइएको छ। उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को प्रयोग म्याद भन्दा कम देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077