Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

बिहिवार , भाद्र १३, २०८१

सप्तरी। जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

सप्तरी प्रहरीले पूर्वडीआईजी ज्ञानविक्रम शाहसहित १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेका छन्।

प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-८ घर भएका आकाश बहरखेर यादव, तिरहुत-२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी-२ का जर्नादन राउत, इटहरी-२ का प्रदीप लिम्बु, राजविराज-७ का रविन दास, हनुमाननगर कंकालनी नगरपालिका-५ का ओमशंकर प्रसैला, लक्ष्मण मण्डल, शंकर खिडहरी यादवलाई पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077