Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिजको कार्यक्रम खर्चिलो र भड्किलो गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धवप्रसाद ढुंगानाले आज सूचना जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

सूचनामा अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने बताईएको छ।

तिजसँग सम्बन्धित खर्चिला र भड्किलो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिईएको छ ।

प्रशासनले भनेको छ,‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नुरनगराउनु हुन हार्दिक अनुरोध छ। कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरेरगराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारबाही हुनेछ ।’

विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको पनि प्रशासनको सूचनामा उल्लेख छ।

पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077