Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते

बिहिवार , भाद्र १३, २०८१

बाँके । बाँके बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्।

दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जानकी गाउँपालिका-६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो।

घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077