Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ग्रीस पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने सूर्य पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने सूर्य पक्राउ

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । प्रहरीले ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका ३ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका १४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवार रहेका छन्।

उनी वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेर फरा भएका थिए।

सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077