Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

साढे एक अर्ब अपचलन गरेको आरोपमा प्राइम सहकारीकी उपाध्यक्ष पक्राउ

साढे एक अर्ब अपचलन गरेको आरोपमा प्राइम सहकारीकी उपाध्यक्ष पक्राउ

बिहिवार , भाद्र १३, २०८१

कास्की । पोखराकको प्राइम बहुउदेश्यी सहकारी संस्थाकी उपाध्यक्ष दीपा कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम हिनामिना प्रकरणमा जोडिएकी ५६ वर्षीय कोइरालालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सहकारीको रकम हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरिएको कास्की प्रहरीले जनाएको छ । प्राइम सहकारी प्रकरणमा ३८ जना पक्राउ परेका छन् । तीमध्ये ९ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ। २९ जनालाई धरौटीमा छाडेको हो।

पोखरा महानगरपालिका– ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077