Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चुमभ्यालीबाट बिदाइ भए प्रकाश, साहुले पारिश्रमिक स्वरूप १० लाख दिने

चुमभ्यालीबाट बिदाइ भए प्रकाश, साहुले पारिश्रमिक स्वरूप १० लाख दिने

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा अवस्थित चुमभ्यालीबाट प्रकाश तामाङ (काले मोक्तान) बिदाइ भएका छन् ।

चुमभ्यालीमा तीन दशकभन्दा बढी बिताएका प्रकाश बिहीबार भोजपुरका लागि हिँडेका हुन् । उनी काठमाडौँ हुँदै भोजपुर जानेछन् ।

उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाइ गरे । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ नामक कथा प्रकाशन भएपछि प्रकाश चर्चामा छन् ।

प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् भने गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । प्रकाश काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले तामाङलाई केही दिनभित्रै नागरिकता दिलाउन निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077