Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे ११ बुँदे स्पष्टीकरण

वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्रीले सोधे ११ बुँदे स्पष्टीकरण

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

सरकारको तर्फबाट पर्यटनमन्त्री बद्री पाण्डेले निगमका अध्यक्ष अधिकारीलाई सातदिने अल्टिमेटमसहित स्पष्टीकरण माग गरेका हुन् ।

सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सी–चेकका लागि पठाइएको, वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी रगुनासो आउने गरेको लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

निगममा नियमितरूपमा उस्तै प्रवृत्तिको लापरबाही भइरहेको बताउँदै मन्त्रालयले व्यावसायिक कार्यसम्पादनमा प्रश्च उठाएर पत्र प्राप्त भएको सात दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न भनेको छ ।

मन्त्रालयले अध्यक्ष अधिकारीलाई ११ प्रश्नको जवाफ माग गरेको छ । अध्यक्ष अधिकारीको कार्य क्षमतामाथि पटकपटक प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077