Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

शुक्रवार , भाद्र १४, २०८१

पाँचथरपाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ-५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै एकै घरमा दाजुबिहिनी हुन् । 

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

बिहीबार आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए ।

अझै दुई जना घाइते छन् । घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077