Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लागुऔषधका कैदीले भरियो कैलाली कारागार !

लागुऔषधका कैदीले भरियो कैलाली कारागार !

शुक्रवार , भाद्र १४, २०८१

कैलाली । कैलाली लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार हुने गरेकाले कैलाली ‘हटस्पट’ का रुपमा चिनिन थालेको हो ।

सोही मुद्धा सम्बन्धिका कैदीले कैलाली जिल्ला कारागार भरिएको छ । जिल्ला कारागारमा ५५६ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषध मुद्धाका रहेका छन् ।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए। जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ ।

१०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ। कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा रहेका छन्। थप ३७ जना थुनुवा रहेका छन् ।

कैलाली जिल्ला कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक गरेर ५५६ जना रहेका छन्। कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको कैलाली जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077