Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अछामका असई खड्का ‘पुलिस अफ द मन्थ’ घोषित

अछामका असई खड्का ‘पुलिस अफ द मन्थ’ घोषित

शुक्रवार , भाद्र १४, २०८१

अछाम । प्रहरी चौकी मेल्लेख, अछाममा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्र कुमार खड्का साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले अपराधिक क्रियाकलापहरुलाई रोकथाम तथा नियन्त्रण गर्नमा उत्कृष्ट कार्य गरेको भन्दै खड्कालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

उनले विभागीय मूल्य, मान्यता, नीति निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही काम गरेको अछाम प्रहरीले जनाएको छ ।

उनले साउन महिनामा आफ्नो वडा एरिया अन्तर्गत अबैध घरेलु मदिरा ४२ लिटर, कच्चा पदार्थ (पास) २१०० लिटर र उक्त मदिरा बनाउन प्रयोग गरिएका भाँडाकुडासमेत बरामद गरेका थिए ।

साथै उनले उत्पादन, बिक्रिबितरण र ओसारपोसारलाई नियन्त्रण गरी समाजमा घट्ने बिभिन्न किसिमका अपराधिक क्रियाकलापहरुलाई रोकथाम तथा नियन्त्रण गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरी शान्ती सुरक्षामा प्रत्यक्ष सहयोग पुऱ्याएको बताइएको छ ।

आफूलाई दिइएको जिम्मेवारी पूर्ण ईमान्दारीका साथ प्रशंसनीय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरी नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेको हुँदा उनको लगनशिलता, अनुशासन, ईमान्दारीता एवं उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न पुलिस अफ द मन्थ घोषणा गरिएको अछाम प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077