Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको मुद्दा न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको मुद्दा न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने पक्षमा आएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र विनोद शर्माको इजलासमा पेशी तोकिएको हो।

गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनबारे न्यायाधीश शर्मा र सुवेदीको इजलासमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

बिहीबार न्यायाधीशरु डा.नहकुल सुवेदी र विनोद शर्माले दुवै पक्षलाई छलफलका लागि शुक्रवार बोलाउन आदेश गरेका थिए ।

यही भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न, अवकाशको पत्र पाएकाहरूको पत्र कार्यान्वयन नगर्न र थप पत्र नकाट्न अन्तरिम आदेश जारी गरेको थियो ।

सो आदेशपछि सरकार अप्ठेरोमा परेको थियो ।

त्यसैले ३० वर्षे हटाउन सरकार ऐन बनाउने प्रक्रियामै रहेको, सर्वोच्चले दिएको आदेश नमिलेको, आदेशले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काएको तथा कार्यान्वयनमा पनि द्विविधा सृजना भएको भन्दै सरकारले आदेश पुनरावलोका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077