Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अनलाइन नेपालको समाचारप्रति एसपी तामाङको असहमति, भन्छन्–समाचारमा सत्यता छैन

अनलाइन नेपालको समाचारप्रति एसपी तामाङको असहमति, भन्छन्–समाचारमा सत्यता छैन

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । अनलाइन नेपालमा प्रकाशित समाचारप्रति नेपाल प्रहरीका एसपी सन्तोष तामाङले असहमति जनाउँदै खण्डन गरेका छन् ।

अनलाइन नेपालमा २०८१ भदौ ५ गते ‘इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी, मापदण्ड संशोधन गर्न चलखेल’ शिर्षकमा प्रकाशित समाचारप्रति एसपी तामाङले असहमति जनाउँदै खण्डन गरेका हुन् ।

अनलाइन नेपालको आधिकारिक इमेलमा खण्डन पत्र पठाउँदै एसपी तामाङले उक्त समाचारमा लेखिएका सातवटा बुँदामा असहमति भएको जनाएका छन् ।

रकम खर्च गरेर तराइका जिल्लामा जाने दाउमा लागेको, रसुवामा रहँदा तस्करीमा सघाएर करोडौं सम्पत्ति कमाएकोलगायतका विषयमा असहमति जनाउँदै उनले यस्ता समाचारले आफ्नो चरित्र हत्या भएको दावी गरेका छन् ।

पारिवारिक सम्पत्ति र बैकिङ ऋणबाट आफू बस्ने घर बनाएको बताएका उनले प्रेस काउन्सिल नेपाललाई समेत बोधार्थ दिएको खण्डन पत्रमा सत्य तथ्य नबुझी व्यक्तिको चरित्र हत्या नगर्न र नगराउन आग्रह समेत गरेका छन् ।

यस्तो छ एसपी तामाङले अनलाइन नेपाललाई पठाएको खण्डन पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077