Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कालोपुलबाट पक्राउ परे प्रहरीको 'इन्स्पेक्टर हुँ' भन्दै लुटपाट गर्ने तामाङ

कालोपुलबाट पक्राउ परे प्रहरीको 'इन्स्पेक्टर हुँ' भन्दै लुटपाट गर्ने तामाङ

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । नेपाल प्रहरीको  इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाँउपालिका-४ स्थायी घर भई हाल काठमाडौंको कालोपुल बस्ने मिङमार तामाङलाई पक्राउ गरेको हो।

तामाङले तिर्थ लाल तामाङलाई आफु प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्स्पेक्टर हुँ भन्दै १ सुनको सिक्री र नगद ६७ हजार लिएर फरार भएका थिए ।

तामाङले ठगी गरेको सुनको सिक्री खरिद गर्ने गंगबु स्थित बाग्लुङ भगवती सुन चाँदी पसलका संचालक बलबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तामाङको साथबाट लुटपाट गर्न प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाईकल बरामद गरेको छ ।

उनले प्रयोग गर्ने २२० सिसिको पल्सर मोटरसाईकल पनि चोरीको रहेको प्रहरीले जनाएको छ ।

तामाङले सोही प्रकृतिबाट अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भन्दै काठमाडौं उपत्यका अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा थप ८ वटा निवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077