Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनाको मृत्यु

सेफ्टी ट्याङ्कीमा बेहोस भएका तीन जनाको मृत्यु

शुक्रवार , भाद्र १४, २०८१

नवलपुर । सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका-७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शौचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

बेहोस भएका उनीहरुलाई प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेको थियो ।

तर उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077