Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - वित्तीय अपराध अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गर्छौं

गृहमन्त्री लेखकले भने - वित्तीय अपराध अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गर्छौं

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानका लागि अलग्गै ब्यूरो गठन गर्ने बताएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न सरकारले अलग्गै ‘वित्तीय अपराध अनुसन्धान ब्यूरो’ गठन गर्ने बताए।

गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताए ।

प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसद्‌मा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुङ्ग्याएर मन्त्रिपरिषद्‌मा पठाउने तयारी रहेको गृहमन्त्री लेखकले बताए।

सरकार गठनको एक सय दिनको अवधिलाई ध्यानमा राख्दै विभिन्न कामहरु प्राथमिकतामा राखेर काम अघि बढाइएको गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077