Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनको नीति परिवर्तन गर्दिँन : उपराष्ट्रपति ह्यारिस

आप्रवासी र गाजा युद्ध सम्बन्धमा बाइडेनको नीति परिवर्तन गर्दिँन : उपराष्ट्रपति ह्यारिस

शुक्रवार , भाद्र १४, २०८१

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने दाबी गरेकी छिन् ।

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान् अमेरिकी कानूनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा विद्यमान् कानूनहरूलाई लागू गर्ने बताइन् ।

यस्तै गाजा युद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077