Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कनिष्ठलाई मुख्य सचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

कनिष्ठलाई मुख्य सचिव बनाएपछि सचिव ज्ञवालीको राजीनामा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।

मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको बताइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो वरीयताका सचिव हुन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो नम्बरमा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077