Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

मुख्य सचिव नियुक्ति तरंग : सचिव भट्टराईले पनि दिए राजीनामा

मुख्य सचिव नियुक्ति तरंग : सचिव भट्टराईले पनि दिए राजीनामा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।

मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै तेस्रो वरियतामा रहेका भट्टराईले राजीनामा बुझाएका हुन् । स्रोतकाअनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ ।

यसअघि पहिलो वरियतामा रहेका योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो वरीयताका सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077