Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सुनसरीमा माछा मार्दै गर्दा चट्याङ लाग्दा किशोरको मृत्यु, अर्का घाइते

सुनसरीमा माछा मार्दै गर्दा चट्याङ लाग्दा किशोरको मृत्यु, अर्का घाइते

शनिवार , भाद्र १५, २०८१

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–४ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्थानीय तजमुल मियाँले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ।

चट्याङ लागेर अर्का स्थानीय हदिस मियाँ घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077