Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बाजुराको कुवाडी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

बाजुराको कुवाडी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

शनिवार , भाद्र १५, २०८१

बाजुरा । बाजुराको हिमाली गाउँपालिका-२ को कुवाडी नदी थुनिएको छ ।

हिजो बिहान कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो ।

पहिरो खसेलगत्तै नदीमा पानीको सतह घटेको र हिजो दिउँसोदेखि भने सामान्य अवस्थामा पानी बग्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तर पानी सञ्चित भएर बसेको हुन सक्ने र कमजोर चट्टान भएमा एक्कासी पहिरो खोलिँदा तल्लो तटीय क्षेत्रमा नदीको जलसतह एक्कासी बढ्न सक्ने भएकाले बाजुराको तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077