Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिए

अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिए

शनिवार , भाद्र १५, २०८१

एजेन्सी । अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा आईएसका १५ लडाकु मारिएको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिएको दाबी गरेको हो ।

सेन्ट्रल कमान्डले बयान जारी गर्दै भनेको छ,‘अमेरिकी र इराकी सैनिकहरुको खतरनाक हतियार, ग्रिनेड र विष्फोट गराउने सुसाइड बेल्टले सुसज्जित लडाकु समूहसँग मुठभेड भयो । यो घटनामा कोही सर्वसाधारण हताहती भएका छैनन् ।’

यद्यपि, अमेरिकी मिडियाहरुमा उक्त कारबाहीका क्रममा केही अमेरिकी सैनिकहरु घाइते भएका समाचार प्रकाशित भएका छन् ।

यसअघि इराकी सेनाले पनि संयुक्त कारबाहीका क्रममा गरिएको हवाई आक्रमणबाट चरमपन्थीहरुको सेल्टरलाई निशाना बनाइएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077