Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

रुसमा २२ जना सवार हेलिकोप्टर बेपत्ता

शनिवार , भाद्र १५, २०८१

एजेन्सी । रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको छ ।

क्षेत्रीय अधिकारीका अनुसार एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकोप्टर बेपत्ता भएको हो ।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समयानुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकोप्टरसँगको सम्पर्कविच्छेद भएको छ । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।”

रुसी अधिकारीका अनुसार, अरू हेलिकोप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077