Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रोजगारीको प्रलोभन देखाएर किशोरीमाथि सामूहिक बलात्कार, कर्मचारीसहित तीन जना पक्राउ

रोजगारीको प्रलोभन देखाएर किशोरीमाथि सामूहिक बलात्कार, कर्मचारीसहित तीन जना पक्राउ

आइतवार , भाद्र १६, २०८१

बुटवल । रूपन्देही प्रहरीले किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कोटहीमाई गाउँपालिकाका दुई जना कर्मचारीसहित तीन जनालाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेका छन्।

घटना गत भदौ ५ गतेकै भएपनि शनिबार मात्रै प्रहरीमा उजुरी आएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

उनीहरूले पीडितलाई रोजगारीको तालिम दिने भन्दै एक होटेलमा बोलाएर सामूहिक करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077