Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लुम्बिनीमा कार्यरत डीएसपी मल्ल पनि 'रिटायर्ड', डीआईजी कडायतले गरे बिदाइ

लुम्बिनीमा कार्यरत डीएसपी मल्ल पनि 'रिटायर्ड', डीआईजी कडायतले गरे बिदाइ

आइतवार , भाद्र १६, २०८१

दाङ । लुम्बिनी प्रदेशमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नव चन्द्र मल्ल पनि अनिवार्य अवकाशमा गएका छन् ।

नेपाल प्रहरीको ३० वर्षे उमेरहदका कारण उनी पनि अवकाशमा गएका हुन् । उनलाई आइतबार प्रदेश प्रहरी कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बिदाई गरे ।

सो अवसरमा डीआईजी कडायतले अवकाश प्राप्त मल्ललाई मायाको चिनो र कदर पत्र प्रदान गरेका थिए । साथै उनले प्रहरी संगठनमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक तथा सामाजिक जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

अवकाश प्राप्त डीएसपी मल्लले आफ्नो ३० वर्षको सेवा अवधिमा विभिन्न चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्दै राष्ट्र र जनताको सुरक्षामा योगदान पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077