Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कर्णालीमा कार्यरत एसएसपी ओली र डीएसपी गौतम पनि घर फर्किए

कर्णालीमा कार्यरत एसएसपी ओली र डीएसपी गौतम पनि घर फर्किए

आइतवार , भाद्र १६, २०८१

सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक वीर बहादुर ओली र प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमलाई पनि बिदाइ गरिएको छ ।

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएका उनीहरुलाई आइतबार बिदाइ गरिएको हो ।

आइतबार एक कार्यक्रमकाबीच कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीले एसएसपी ओली र डीएसपी गौतमलाई कदर पत्र र मायाको चिनो दिएर बिदाइ गरे ।

बिदाइ समारोहमा डीआईजी ठकुरीले संगठनमा उनीहरुले पुर्‍याएको योगदानको उच्च सम्मान गरे ।

कार्यक्रममा ठकुरीले सेवा निवृत्त पश्चात पनि नागरिक जीवनमा प्रहरीको रुपमा समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । साथै, ठकुरीले उनीहरूका पारिवारिक तथा व्यक्तिगत जीवनमा सफलता र सुखद जीवनको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077