Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौं मानिस सडकमा उत्रिए !

इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौं मानिस सडकमा उत्रिए !

सोमवार , भाद्र १७, २०८१

एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भएको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शनहरू सुरु भएका हुन् ।

अहिले हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ।

तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् ।

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाईका लागि हमाससँग सम्झौता गर्न खासै काम नगरेको आरोप उनीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077