Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी चौकी सिउँडीको नयाँ हाकिममा नाथ, खड्काको सरुवा !

प्रहरी चौकी सिउँडीको नयाँ हाकिममा नाथ, खड्काको सरुवा !

सोमवार , भाद्र १७, २०८१

अछाम । प्रहरी चौकी सिउँडीका हाकिम फेरिएका छन् । चौरपाटी गाउँपालिका-१ स्थित सो चौकीमा नयाँ हाकिमका रूपमा प्रहरी सहायक निरीक्षक (असई) रमेश कुमार नाथ आएका छन् ।

उनी एक हप्ता अगाडी सरुवा भएर आएका हुन् । त्यहाँ कार्यरत रहेका प्रहरी सहायक निरीक्षक पदम बहादुर खड्काको सरुवा भएको छ । उनले सिउँडीमा रहँदा राम्रोसँग कमाण्ड सम्हाल्न नसकेको स्थानीयको आरोप थियो ।

चौरपाटी गाउँपालिकाले गुणस्तरहीन मदिरा विक्रिवितरणमा रोक लगाएको छ । तर असई खड्काले मदिरा नियन्त्रणमा कुनै चासो नदिएको आरोप थियो ।

अहिले व्यापारीले खुलेआम रूपमा गुणस्तरहीन मदिरा विक्रिवितरण गरिरहेका छन् । जसकारण विभिन्न घरेलु हिंसादेखि गाउँघरमा होहल्ला बढेको छ ।

अब नयाँ हाकिमले पनि यो चुनौतीको सामना खेप्नुपर्ने छ । उनले पनि मदिरा गाउँपालिकामा भित्रिन नदिन कसरी अगाडी बढ्छन् त्यो भने हेर्न बाँकी छ ।

यस्तै जनप्रतिनिधिहरुले पनि पछिल्लो समय मदिरा नियन्त्रणमा बेवास्ता गरिरहेका छन् । अहिले पालिकामा गुणस्तरहीन मदिरा खुलाउनु पर्ने बहस समेत चलिरहेको छ । अघिल्लो सरकारले गुणस्तरहीन मदिरा विक्रिवितरणमा बन्देज लगाएको थियो ।

यस्तै अछाम प्रहरीले अन्य दुईवटा प्रहरी चौकीका प्रमुख पनि फेरबदल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077