Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगीको छानबिन लम्बियो, म्याद थप्ने तयारी

सहकारी ठगीको छानबिन लम्बियो, म्याद थप्ने तयारी

सोमवार , भाद्र १७, २०८१

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ ।

मंगलवार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ ।

जसअनुसार सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

समितिको म्याद यही साता सकिन लागेको तर काम धेरै बाँकी रहेकाले म्याद थपको प्रस्ताव लैजान लागिएको बताइएको छ । समितिको हालसम्म ५१ वटा बैठक बसेको छ भने अब प्रतिवेदनको मस्यौदा लेखन गर्न सुरु गरिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत विभिन्न व्यक्ति र विभिन्न सहकारीका संचालकमाथि सहकारी ठगीको आरोप लागेको छ । यस प्रकरणको छानबिन गर्न नेकपा ९एमाले०का सांसद थापाको सभापतित्वमा छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077