Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल प्रहरीका तीनजना डीआईजीको काज सरुवा, को-कहाँ ?

नेपाल प्रहरीका तीनजना डीआईजीको काज सरुवा, को-कहाँ ?

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा भएको छ । गृह मन्त्रालयले सोमबार उनीहरुको काज सरुवा गरेको हो ।

सरुवा हुनेमा भरतबहादुर बोहोरा, कृष्णहरि शर्मा पोखरेल र किरण राणा रहेका छन् । डीआईजी बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077