Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लागूऔषध सेवनकर्ता पक्राउ गर्न पुगेको प्रहरी टोलीले फेला पार्‍यो पेस्तोल

लागूऔषध सेवनकर्ता पक्राउ गर्न पुगेको प्रहरी टोलीले फेला पार्‍यो पेस्तोल

सोमवार , भाद्र १७, २०८१

कैलाली । कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको कैलाली प्रहरीले जनाएको छ ।

लागूऔषध सेवन गरिरहेका केही व्यक्तिहरूको बारेमा सूचना प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । तर, प्रहरी पुग्दा ती व्यक्तिहरू भाग्न सफल भए ।

उक्त स्थानको खोजतलास गर्ने क्रममा घाँसमा बिना म्याग्जिनको एक नाले पेस्तोल वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बरामद गरिएको पेस्तोललाई थप अनुसन्धानको लागि प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077