Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

होटलमा युवती हत्या आरोपमा खाँ पक्राउ

होटलमा युवती हत्या आरोपमा खाँ पक्राउ

मंगलवार , भाद्र १८, २०८१

वाग्मती । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हेटौँडा–१० बसपार्कस्थित होटेलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।

खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077